skip to Main Content

पञ्चासे हर्पनडाँडा समाज युकेको २०२३ को वार्षिक भेटघाट कार्यक्रम भब्य रुपमा सम्पन्न

ग्रेन्ज कम्युनिटी जुनियार स्कूल, फार्नबोरोमा गत शनिबार १० जुन, २०२३ मा अध्यक्ष देउकाजी गुरुङको सभापतित्वमा भेटघाट कार्यक्रम सम्पन्न भएको हो । सालमा एक पटक गाउँले भेटघाट, चेलेबेटी, भान्जाभान्जीहरुलाई भोज खुलाउने र केही परोपकारी काम गर्ने उद्देश्यले आयोजित कार्यक्रममा ४०० जना जतिको सहभागिता थियो । 

बेलायतमा बिरलै पाइने घमाइलो दिन, हरियो चौरमा पालहरु टागिएको, वाउन्सी क्यासल, आइसक्रीम भ्यान, हरेक उमेरकाहरु खुशीले नाचिरहेका, महिला पुरुष दुवैको छेलो प्रतियोगितामा भाग लिइरहेको दृश्य देखिन्थ्यो । गाउँले भेटका लागि नेपालबाट चन्द्र गुरुङ र लक्ष्मी गुरुङसहित ऐडिन्बराबाट पनि सहभागी थिए । 

कार्यक्रममा केही व्यक्तिहरुलाई सम्मान गरिएको थियो । नयाँ दाम्पत्य जीवनमा प्रवेश गरेका श्रद्धा देवान गुरुङ र कमल गुरुङ, मनिकुमार गुरुङ र सुशीला गुरुङ, डा. अमृता गुरुङ र सञ्जय घले, सुसन घले र डा. विवेक गुरुङ, नविन गुरुङ र स्मिता गुरुङ, सजना गुरुङ र योकेश गुरुङलाई अध्यक्ष देउकाजी र श्रीमती गुरुङले फूल र खादा लगाएर बधाई दिए । 

शिक्षा क्षेत्रमा मेडिकल डा. विशाल गुरुङ, लिनकन युनिभर्सिटीबाट ईन्जिनियरीङ म्यानेजमेन्टमा फस्टक्लास अनर पाएका नविन गुरुङलाई बधाई दिइएको थियो । सेनामा प्रोमोसन भएका स्टाफ सार्जन्ट ओमकुमार गुरुङ, कोपरल अभतार गुरुङ र शोनी गुरुङलाई बधाई दिइएको थियो । नेपालबाट बेलायत भ्रमणमा आएका चन्द्र गुरुङ, लक्ष्मी गुरुङ र चन्द्रकुमारी गुरुङलाई पनि खादा लगाएर स्वागत गरेका थिए । 

नाचगान सांस्कृतिक संयोजक खुशीमान गुरुङले गरेका थिए । विभिन्न उमेरका नानीहरुले नेपाली गीतमा नाच देखाएका थिए । नाच्नेहरुमा अष्मिता निकी, निर्मला, सुबी, अषिमा, स्याफ्रोन, स्यारोन र ग्रीटल थिए ।

महिला र पुरुष दुवैको छेलो प्रतियोगिता मोन गुरुङ र लालबहादुर घलेले गरेका थिए । पुरुष १२ जना र महिला १८ जनाले भाग लिएका थिए । महिलातर्फ कुद्बीडाँडाका मनीता गुरुङ र पुरुषतर्फ सिधानेका प्रेम गुरुङ प्रथम भए । विजयी दुवैलाई अबीर, फेटा र नगद ५० पाउन्डबाट पुरस्कृत गरिएको थियो। 

गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुलाई समाजको लोगो अंकित खादा लगाएर अध्यक्षले स्वागत गरेका थिए । कार्यक्रम सफल र सहज बनाउन ४४ जनाले ६ हजार पाउन्ड स्पोन्सर गरेका थिए । उनीहरुको नाम कार्यक्रम संचालिका सजना गुरुङ र प्रकाश गुरुङले पालैपालो पढेर सुनाएका थिए । 
राफलको पहिलो पुरस्कार द प्यालेस रेस्टुरेन्टले आधा तोला सुन प्रायोजन गरेको थियो । दोस्रो, तेस्रो र चौथो क्रमशः २००, १०० र ५० पाउन्ड नगद राखिएको थियो । पहिलो पुरस्कार पाउने भाग्य राजकुमारी गुरुङ दम्दमे गाउँकालाई जुर्‍यो । पहिलो पुरस्कार रेष्टुरेन्टका म्यानेजिङ डाइरेक्टर ऋषि रानाले प्रदान गरेका थिए । 

राफल टिकट बेच्न संगीना, पुष्पा र गौतम गुरुङ सक्रियरुपमा लागेका थिए । फलस्वरुप १ हजार ३ सय १० पाउन्ड जम्मा गरे । राफलबाट आएको केही रकम आफ्नै गाउँका भलिबल खेलाडी निशा भुजेललाई ५० हजार रुपैयाँ दिने निर्णय भएको अध्यक्ष देउकाजी गुरुङले जानकारी दिए । 

कृष्ण घले, देवबहादुर घले, याम गुरुङ, रबि गुरुङ, हुमान गुरुङ, डमर घले, देवबहादुर गुरुङ, सुन्दर गुरुङ, किरण गुरुङ, तेजु गुरुङ, रुद्रकाजी गुरुङ, नविन गुरुङ, खुशीमान गुरुङ, प्रकाश गुरुङ, मोन गुरुङ, लालबहादुर गुरुङ दिल गुरुङले आआफ्नो जिम्मेवारी निभाएका थिए । अध्यक्ष गुरुङले सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए ।

Share This:

Facebook
Twitter
Pinterest
LinkedIn
WhatsApp

पञ्चासे हर्पनडाँडा समाज युकेको २०२३ को वार्षिक भेटघाट कार्यक्रम भब्य रुपमा सम्पन्न

Share This:

Facebook
Twitter
Pinterest
LinkedIn
WhatsApp
Back To Top