skip to Main Content

पञ्चासे हर्पनडाँडा समाज युकेद्वारा मिर्गौलापीडितलाई २ लाख ४ हजार सहयोग

पञ्चासे हर्पनडाँडा समाज युकेले मिर्गौलापीडित सरस्वती पराजुलीलाई २ लाख ४ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । दुवै मिर्गौला फेल भएकी पोखरा महानगरपालिका-२३ बराङ निवासी सरस्वती पराजुलीलाई पोखरा जिरो किमीमा रहेको उनकै डेरामा पुगेर बुधबार (१२ सेप्टेम्बर २०२३) २ लाख ४ हजार रुपैयाँ समाजका तर्फबाट सदस्य रामबहादुर गुरुङले हस्तान्तरण गरेका हुन् । सहयोग प्रदान गर्नक्रममा समाजसेवी प्याराग्लाईडिङ पाईलट सविन गुरूङ, युवा निर्माण व्यवसायी ठाकुरप्रसाद गुरुङ, विजय थापा, राम पौडेललगायत सहभागी थिए ।

न्यून आर्थिक अवस्था भएकी पराजुलीलाई करिब ६ महिनाअघि पोखरामा रहेको मणिपाल अस्पतालमा जाँच गर्दा मिर्गौला फेल भएको पत्ता लागेको हो । त्यसपछि उनी जिरो किमीमा डेरा लिएर सिसुवाको संक्रमण तथा सरुवा रोग अस्पतालमा नियमित उपचार र डायलसिस गर्दै आइरहेको प्याराग्लाईडिङ पाईलट सविन गुरूङले बताए । सहयोग पाएपछि पीडित पराजुलीले पञ्चासे हर्पनडाँडा समाज यूकेसहित सबै सहयोग दाताहरुलाई धन्यवाद दिएकी थिइन् । सहयोग हस्तान्तरण गर्दै समाजका सदस्य रामबहादुर गुरुङले पराजुलीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए। पञ्चासे हर्पनडाँडा समाज यूकेले विगतदेखि नै धेरै जनालाई आर्थिक सहयोग गर्दै आइरहेको छ ।

Share This:

Facebook
Twitter
Pinterest
LinkedIn
WhatsApp

पञ्चासे हर्पनडाँडा समाज युकेद्वारा मिर्गौलापीडितलाई २ लाख ४ हजार सहयोग

Share This:

Facebook
Twitter
Pinterest
LinkedIn
WhatsApp
Back To Top