skip to Main Content

Welcome to Panchase HarpanDanda Samaj UK

पंचासे हर्पनडाँडा समाज यू.के. वेलायतमा गठन भएको एक सामाजिक संस्था हो । यस समाजको स्थापना सन् २०१२ मा भएको हो । नेपालीहरु वेलायतमा आएर वसोवास गरेको यकिन ठ्याक्कै थाहा नभए पनि जब २००४ सालमा वेलायत सरकारले भू पु गोर्खा परिवारहरुलाई आवासिय भिसा प्रदान गरे पश्चात वेलायतमा बसोबास गर्ने नेपालीहरुको क्रम पनि वढ्न थाल्यो र संस्थाको आवश्यक्ता महशुस गरी र यस संस्थाको स्थापना भएको हो । हाल यस संस्थामा कास्की जिल्ला पञ्चासे वरीपरीका गाँउहरु सिधाने, कुद्-बिडाँडा, दम्दमे, मकनपुर र हर्पन गाउँका गाउँले परिवारहरु आबद्ध रहेका छन् । यिनै नेपाली दाजुभाइ दिदी बहिनीहरुलाई समेटेर गठन भएको समाजमा हाल सदस्य संख्या लगभग २५० को हाराहारीमा रहेको छ ।
यस पंचासे हर्पनडाँडा समाज यू.के. को मुख्य उद्देश्य भन्नुनै नेपालवाट वेलायतमा आई वसोवास गर्नुभएका गाँउले दाजुभाइ दिदीबहिनीहरु बीच एकता, भाइचारा वृद्धि गरी सुमुधुर सम्बन्ध कायम गर्ने, आपसी सहयोग आदनप्रदान गर्ने, नेपाली भाषा भेषभुषा संस्कृती र रितीरिवाजको जगेर्ना गर्ने र साथसाथै आफ्नो जन्मभूमी नेपाल पञ्चासे क्षेत्रको विकासमा समेत सहयोग र टेवा पुराउने रहेको छ ।

Photo Gallery

Back To Top