skip to Main Content

पञ्चासे हर्पनडाँडा समाज युकेको वार्षिक भेटघाट पछिको समिक्षा बैठक सम्पन्न।

प्रकाश गुरुङ

लन्डन। १३ अगष्ट २०२२।
पञ्चासे हर्पनडाँडा समाज युकेको वार्षिक भेला पछिको समिक्षा बैठक अध्यक्ष देउकाजी गुरुङको अध्यक्षतामा अल्डरसट स्थित माईती घर रेष्टुरेन्टमा सम्पन्न भयो। उपाध्यक्ष रवि गुरुङले स्वागत मन्तब्य राख्दै रमाईलो र घमाईलो दिनको फाइदा उठाउँन अनुरोध गरे।

११ जुनमा भएको वार्षिक भेटघाटबाट नयाँ कार्य समितिको कार्यकाल शुरु भएता पनि सबै हिसाबकिताबको हस्तारन्तर भैसकेको थिएन। उक्त बैठकमा समाजका निवर्तमान कोषध्याक्ष रवि गुरुङले सम्पुर्ण हरहिसाव
पढेर सुनाए र नयाँ कोषाध्यक्ष कृष्ण घलेलाई बुझाए। त्यसै गरि नेपाल बैंकमा शिक्षाको लागि राखिएको रकम बारे प्रकाश गुरुङले जानकारी गराए।

निवर्तमान अध्यक्ष डमरकाजी गुरुङले नेपालमा रहेको “पञ्चासे हर्पनडाँडा आकस्मिक स्वास्थ्य सेवाको” बारेमा र फिर्कि तमु समाज पोखरालाई उठाएको चन्दाका बारे चर्चा गरेका थिए। नेपालको स्वास्थ्य सेवाका अगुवाहरु युके समाजको चाहनानुरुप सक्रिय नहरहेको र अपडेटहरु पनि सोधिए पछि मात्र दिने गरिएको धेरैले गुनासो गरे। स्मरण रहोस्। पञ्चासे हर्पनडाँडा समाज युकेले १९ लाख बढी रकम उक्त सेवालाई चन्दा उठाएर दिइसकेकोछ।
क्रम जारीनै छ तर भविष्यमा भने विचार पुराउँनु पर्ने तर्क धेरैले बैठकमा राखेका थिए।

समाज जम्मा चारबाट गाउँ मिलेर बनेको हो। परोपरकारी क्षेत्रमा भने निकै फड्को मारेको जिकिर महासचीव प्रकाश गुरुङले गरे।

२०२२ सालमा पनि आकस्मिक सेवाका लागि समाजका चेलीबेटी र सदस्यहरुले १२ सय २६ पाउन्ड दिएकाछन्। फिर्कि तमु समाज पोखराका लागि ६ लाख ३० हजार संकलन भएको जानकारी निवर्तमान अध्यक्ष डमरकाजी गुरुङले बताए।

अध्यक्ष देउकाजी गुरुङले जेहन्दार र आर्थिक कमजोरी हुने विधार्थीहरुका लागि आर्थिक सहयोग बढाउँने प्रस्ताव राखेका थिए। सल्लाकार बयोबृद्ध प्रेम बहादुर गुरुङले एक आर्थिक कमजोरी भएका कुद्वीडाँडा गाउँको छात्रालाई समाजबाट सहयोग होस् भनि प्रस्ताव राखे।
तथ्य बुझेर सहयोग गरिने कुरा बैठकमा पारित भयो। तत्कालै ४ सय ८० पाउन्ड नेपाल को बैंकमा पठाउँने र शिक्षा क्षेत्रमा चलाउँने कुरा पारित भयो। गत दुई बर्ष यता समाजले एक जना छात्रालाई युनि पढाईरहेकोछ।

वार्षिक भेटघाट २०२२ बारे विस्तृत छलफल भएको थियो। अगामी सालको भेटघाटलाई भब्य बनाउँनका लागि केहि सुझावहरु पनि दिएका थिए।

अध्यक्ष र निवर्तमान अध्यक्ष दुवैले संयुक्त रुपमा समाजको नयाँ वेवसाईट www.phdsamajuk.com को उद्घाटन गरे। सल्लाकार मे रि बुद्धि गुरुङले बुद्धिष्ट गुम्बा रेडिङको घर किन्ने प्रोसेस गरिसकेको जानकारी गर्दै उक्त गुम्बाका लागि चन्दा दिएका गाउँले दाताहरुलाई धन्याबाद दिए।

पुरानोले नयाँ अध्यक्षलाई सम्पुर्ण कार्यभार
सुम्पिए। कार्यक्रमको सबैले मन पराएको फ्रेस खाना थियो। कुद्वि डाँडाका पेन्शनर बुद्धि गुरुङले आफै पकाएर सबैलाई खुशी बनाए। अध्यक्ष देउकाजी र श्रीमती रिलशोभा
गुरुङले आलुदम र पुरीको बन्दोबस्तगरेका थिए।

नेपालबाट वेलायत भ्रमणमा आएका साविक चापाकोट गाबिसका भुपू अध्यक्ष भेषराज पराजुली र श्रीमती उजेली पराजुलीलाई समाजका अध्यक्ष र श्रीमती गुरुङले समाजको खादा लगाएर स्वागत र बेलायत बसाई रमाईलो होस् भनि कामाना गरे।
पराजुलीले छोटो मन्तब्य राखेका थिए।

Share This:

Facebook
Twitter
Pinterest
LinkedIn
WhatsApp

पञ्चासे हर्पनडाँडा समाज युकेको वार्षिक भेटघाट पछिको समिक्षा बैठक सम्पन्न।

Share This:

Facebook
Twitter
Pinterest
LinkedIn
WhatsApp
Back To Top