skip to Main Content

पंचासे हर्पनडाँडा आकास्मीक स्वास्थ्य सेवा समितिलाई रु नौ लाख बढी सहयोग

पंचासे हर्पनडाँडा आकस्मिक सहयोग समितिको आयोजनामा मंगलबार भदौरेतामागी ५ घाँटीछिनामा आयोजित आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा पंचासे हर्पनडाँडा समाज वेलायतका अध्यक्ष डमरकाजी गुरुङ्गले नौ लाख १४ हजार आठ सयको चेक समितिका अध्यक्ष हिरालाल गुरुङ्गलाई हस्तान्तरण गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका युके समाजका अध्यक्ष डमरकाजी  गरुङ्गले भदौरेतामागी गाविसका दमदमे, कुद्वीडाँडा, सिधाने र
मकानपुरका वासिन्दाको आकस्मिक उपचारमा सहयोग गर्ने अभिप्रायले आफ्नो समाजले सहयोग गरेको वताए।

उनले ग्रामिण भेकमा सर्पले टोकेर, भिरबाट लडेर, सुत्केरी अवस्थामा विरामीको समयमै उपचार गर्न सहयोग पुग्ने हेतुले उक्त रकम प्रयोग गरी सहयोग प्रदान गरेको वताउँदै गाँउमा विद्यालय, वाटो, खानेपानी, पर्यटन प्रवद्र्धनका कार्यहरु निरन्तर गर्दै जाने पनि वताए।

पंचासे हर्पनडाँडा आकस्मीक स्वास्थ्य सेवा समितिका अध्यक्ष हिरालाल गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार क्या पदमबहादुर गुरुङ्ग, उपाध्यक्ष डम्बरबहादुर गुरुङ्ग, गुमानसिं गुरुङ्ग, क्या. कुशलसिं गुरुङ्ग, विष्णु प्रसाद गुरुङ्ग, रविन्द्र गुरुङ्ग लगाएतले शुभकामना व्यक्त गर्दै सहयोग गर्ने समाजका सम्पुर्ण सदस्यहरुलाई धन्यवाद दिएका थिए।

Share This:

Facebook
Twitter
Pinterest
LinkedIn
WhatsApp

पंचासे हर्पनडाँडा आकास्मीक स्वास्थ्य सेवा समितिलाई रु नौ लाख बढी सहयोग

Share This:

Facebook
Twitter
Pinterest
LinkedIn
WhatsApp
Back To Top